काठमाडौँ । साविकको विजेता म्यानचेस्टर सिटीले इंग्लिस फुटबल लिग ९इएफएल०कपमा सानदार पूनरागमन जित निकालेको छ । गएराति भएको तेस्रो राउन्डको खेलमा सिटीले वेकम्व वान्डेरर्समाथि ६-१को जित दर्ता गरेको हो ।
एक गोलले पछि परेको सिटीले घरेलु मैदानमा गोल वर्षा गर्न सफल भयो । सिटीको फराकिलो जितमा अल्जेरियन स्टार रियाद महारेजले दुई गोल र एक असिस्ट तथा फिल फोडेनले एक गोल र दुई असिस्ट दिए भने केभिन डि ब्रुएन,फेरान टोरेस र कोल पाल्मेरले समान एक गोल गरे । वेकम्वका ब्रान्डन हानलानको गोल सान्त्वना बन्यो ।
योसँगै सिटीले लगातार पाँचौ सिजन अन्तिम १६ मा स्थान बनाएको छ ।




