खेलकुद

नेपाल एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाटै बाहिरियो

काठमाडौं । नेपाल एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ ।

उज्वेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो।

एसियन कपको सम्भावना कायम राख्न हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको नेपालले हङकङसँग बराबरीमा चित्त बुझाएपछि समूह चरणमा पुग्ने आशा सकिएको हो ।

बलमा पकड जमाएपनि नेपालले हङकङविरुद्ध गोल निकाल्न सकेन । हङकङसँग ३२ वर्षपछि खेलेको नेपालले पहिलो पटक हङकङसँग बराबरी खेलेको हो । यस अघि सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १–० ले पराजित भएको थियो। यस्तै १९८९ मा भएको दोस्रो भेटमा नेपाल हङकङसँग ३–० ले पराजित भएको थियो।

पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

हङकङको भने छनोट हुने सम्भावना कायम रहेको छ । हङकङले अब अन्तिम खेलमा फिलिपिन्ससँग खेल्नेछ ।

यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।

एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *