विश्व

जापानमा २०२२ को सुरुदेखि कोरोनाविरुद्धको खोपको तेस्रो डोज लगाइने

टोकियो । जापानमा आगामी बर्ष सन् २०२२ को सुरुदेखि कोरोनाभाइरस विरुद्धको थप मात्रा खोप दिइने भएको छ । जापानका खोप मन्त्री तारो कोनोले मंगलबार दिएको जानकारीअनुसार कोरोनाभाइरसबाट थप सुरक्षाका लागि थप मात्राको खोप लगाउने तयारी भएको हो ।

स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले थप मात्राको खोप लगाउने बारेमा अघिल्लो हप्ता नै निर्णय गरेको पनि उनले जानकारी दिए ।

दोस्रो खोप लगाएको आठ महिनापछि थप मात्राको रुपमा तेस्रो खोप लगाउन सकिने व्यवस्था गरिने भएको हो । थप मात्राको खोप लगाएपछि शरिरमा एन्टी वडीको मात्रा पनि बढ्ने चिकित्सकहरुले बताएका छन् ।

थप मात्राको खोप आगामी सन् २०२२ को फेब्रुअरीदेखि लगाउन थालिने र सुरुमा स्वास्थ्यकर्मीहरुलाई लगाइने पनि उनले बताए ।

त्यसैगरी ६५ बर्षभन्दा बढी उमेरका बृद्ध बृद्धाहरुलाई पनि थप खोपका लागि उच्च प्राथमिकताको सूचीमा राखिने भएको छ ।

आगामी बर्षभरीमा सवै स्वास्थ्यकर्मीहरुले थप मात्राको खोप लगाउन पाइसक्ने मन्त्री कोनोले पत्रकार सम्मेलनमा विश्वास व्यक्त गरे । उनले थप मात्राको खोप अर्को बर्ष उपलब्ध गराउनका लागि अहिलेदेखि नै आवश्यक तयारी गर्न निर्देशन समेत दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *