समाचार

अखिलको तेस्रो महिला अध्यक्ष बरालले सदस्यलाई शपथ दिलाउँदै

काठमाडौं।नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)मा चयन भएकी तेस्रो महिला अध्यक्ष सुनिता बरालले आज केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउँदैछिन् ।

एमाले अध्यक्ष केपीशर्मा ओलीको उपस्थितिमा राष्ट्रिय सभागृहमा राखिएको शपथ ग्रहण कार्यक्रममा झण्डै ४ सय केन्द्रीय सदस्यको शपथ ग्रहण हुँदैछ । ‘आज २ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ,’अध्यक्ष बरालले भनिन् ।

रामकुमारी झाक्री, नविना लामा पछि अखिलको नेतृत्वमा पुग्ने बराल तेस्रो महिला हुन् । २२-२४ चैतमा हुने २३ औं महाधिवेशन सम्मकालागि बरालको अध्यक्षतामा, आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष र समीप बराल महासचिव रहेको केन्द्रीय कमिटी पुनर्गठन गरिएको थियो ।

शपथ ग्रहणअघि एमाले अध्यक्ष ओलीले राष्ट्रिय सभागृहमा मदन भण्डारीको जीवनीमा आधारित ‘श्वेत शार्दुल’नामक पुस्तकको बिमोचन गर्ने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *