काठमाडौं । बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक पक्राउ परेका छन् । बुटबल उपमहानगरपालिकाका मेयर सुवेदीलाई मुक्का हान्ने गणेश पंगेनीलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । लक्ष्मीनगरमा पहिरो निरीक्ष्णाका लागि गएका सुवेदीलाई उनले मुक्का हानेका थिए ।
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका रुपन्देही जिल्ला सदस्य समेत रहेका पंगेनी लक्ष्मीनगरका बासिन्दा हुन् । मुक्का खाएका मेयर सुवेदीले पहिरो नीरिक्षणका लागि गएका बेला आक्रमण भएको भन्दै छानविन गरेर कारबाही गर्न माग गरेका थिए ।




