समाचार

बुटवलका मेयरमाथि हातपात

काठमाडौं । बुटवलका बाढिपहिरो पीडितले बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार गरेका छन् । सोमबार बाढि प्रभावित क्षेत्र निरीक्षण गर्न ज्योतिनगर पुगेका सुवेदीमाथि पहिरो पीडितले मुक्का प्रहार गरेका हुन् ।

एक्कासी एक युवकले सुवेदीमाथि मुक्का प्रहार गरेपछि प्रहरी र नगर प्रहरीले मेयरलाई जोगाएर भगाएका थिए । त्यसक्रममा स्थानीयले मेयरमाथि आक्रोशित हुँदै नारा लगाएका थिए ।

बाढिपहिरो पीडितलाई लामो समयसम्म पालिकाले कुनै वास्ता नगरेको कारण आक्रोशित युवकले मेयरमाथि हातापात गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए । अझै त्यहाँ पहिरोको जोखिम उच्च रहेको स्थानीयहरु बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *