विश्व

पञ्जाब राज्यको मुख्यमन्त्रीमा चरणजीत सिंह चन्नी नियुक्त

काठमाडौँ । भारतको पञ्जाब राज्यको मुख्यमन्त्रीमा चरणजीत सिंह चन्नी नियुक्त भएका छन् । पञ्जाबको नयाँ मुख्यमन्त्रीको रुपमा चन्नीले सोमबार शपथ लिएका छन् ।

सत्तारुढ दल भारतीय नेशनल काँग्रेसको आन्तरिक विवादका कारण तत्कालिन मुख्यमन्त्री अरमिंदर सिंहले शनिबार राजीनामा दिएका थिए ।

मुख्यमन्त्री चंनीसहित काँग्रेस नेता सुखजिंदर रंधावा र ओपी सोनीले पनि मन्त्री पदको शपथ लिएका छन् ।

शपथग्रहण समारोहमा काँग्रेस नेता राहुल गान्धीको समेत उपस्थिति रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *