काठमाडौं । श्रीलंकामा जारी देशव्यापी कर्फ्युको म्याद फेरि थप गरिएको छ । श्रीलंकन स्वास्थ्य मन्त्री केहेलिया राम्बुक्वेलाका अनुसार थप गरिएको कर्फ्यु आगामी अक्टोबर १ सम्म लागू हुनेछ ।
कोरोना जोखिम कायमै रहेको र सक्रमण थप फैलिनसक्ने भन्दै कर्फ्युको म्याद थप्नु परेको उनले जनाएका छन् ।
राष्ट्रपति गोटावाया राजापाक्षेको अध्यक्षतामा बसेको राष्ट्रपतीय कार्यदलको बैठकले कर्फ्युको म्याद थप्न अनुमति दिएको हो । श्रीलंकामा अहिले पनि डेल्टा भेरियन्टको कोरोनाभाइरस तिव्र रुपमा फैलिएको विज्ञहरुले जानकारी दिएका छन् ।
श्रीलंकामा अहिलेसम्म चार लाख ९८ हजार ६ सय ९४ जना कोभिढ संक्रमित भएका छन् भने ११ हजार ८ सय १७ जनाको मृत्यु भएको छ ।




