काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले चौथो विकेट गुमाएको छ । बिनोद भण्डरीलाई नेपालले चौथो विकोटको रुपमा गुमाएको हो । भण्डारी १० रन बनाउँदै आउट भए ।
यसअिघ रोहितकुमार पौडेल २, कुशल भुर्तेल ३६ रन तथा आसिफ शेख ३ रन बनाएर आउट भएका छन् ।
यो समाचार तयार पार्दासम्म नेपालले २५.१ ओभरमा ४ गुमाउँदै क्षतिमा ९३ रन बनाएको छ । क्रिजमा कप्तान ज्ञानेन्द्र मल्ल ३० र गुल्शन झा शून्य रनमा खेलिरहेका छन् ।




