राजनीति

काठमाडौँमा कांग्रेसको वडा अधिवेशन असोज ५ गते

काठमाडौँ ।नेपाली कांग्रेस काठमाडौँले असोज ५ गते सबै वडामा अधिवेशन गर्ने भएको छ । निर्वाचन अधिकृतसहितको जिल्ला कार्यसमिति बैठक बोलाएर कांग्रेस काठमाडौँले वडा अधिवेशनको तयारी सुरु गरेको छ ।

कांग्रेस काठमाडौँका जिल्ला सभापति कृष्ण सबुज बानियाँको अध्यक्षतामा ज्ञानेश्वरस्थित पार्टी कार्यालयमा बसेको बैठकले अधिवेशन प्रक्रिया सुरु गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *