काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले पहिलो विकेट गुमाएको छ ।
ओमानमा टस हारेर अमेरिकाविरुद्ध ब्याटिङ गरेको नेपालले तेस्रो ओभरमा ओपनर आशिफ शेखलाई गुमाएको हो । उनलाई गोरे बी फिलिप्सले क्याच आउट गरेका हुन् । अहिले नेपाल ७ रन बनाएर खेलिरहेको छ ।
त्रिकोणात्मक सिरिज अन्तरगत नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो ।




