समाचार

असोज २२ गतेदेखि प्रदेश १ को हिउँदे अधिवेशन

काठमाडौं । प्रदेश १ को प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन असोज २२ गते देखि सुरु हुने भएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम १ बमोजिम सो दिन मध्याह्न २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *