कोशी प्रदेश

प्रदेश नम्बर एकको प्रदेशसभा अधिवेशन आह्वान

काठमाडौैं । एक नम्बर प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

यसअघि प्रदेश सरकारले अधिवेशन आगामी असोज २२ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुख अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार अधिकारीले असोज २२ गतेका लागि बैठक आह्वान गरेका हुन् ।

असोज २२ गते दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । आगामी अधिवेशनमा प्रदेश सरकारले विश्वासको मत लिने जनाइएको छ । मुख्यमन्त्री भीम आाचार्य नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *