काठमाण्डाैं।एक अर्व रकममा चन्द्रागिरि नगरपालिका थानकाेटमा प्रसुती अस्पताल वन्ने भएकाे छ।विहिवार यसवारेमा एक सम्झाैता भएकाे छ। चन्द्रागिरि नगरपलिकामा जर्मन बिकास बैंक (के एफ डब्लु)को लगानीमा १ अर्ब लगानीमा अस्पताल वन्न लागेकाे हाे । विशिष्ठ प्रसुती सेवा दिन याे अस्पताल निर्माण गर्न लागिएकाे हाे । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चनपाका नगर प्रमुख घनश्याम गिरी तथा जर्मन बिकास बैंकका प्रतिनिधि बिच प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएपछि अस्पताल निर्माण हुने टुंगाे लागेकाे हाे । परोपकार प्रसुति गृहको मातहतमा सन्चालन हुने उक्त अस्पताल च न पा ४ थानकोटमा निर्माण हुने भएको छ। उक्त सम्झौता अनुसार अधिकतम चार बर्षमा निर्माण सम्पन्न गरि सेवा सुचारु गरिने कुरा उल्लेख गरिएको छ। नेपाल सरकारको अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा उक्त योजना सुरू हुन लागेकाे हाे ।




