गण्डकी प्रदेश

पोखरामा निषेधाज्ञा पुर्ण रुपमा हट्यो, दुई वर्षदेखि बन्द रहेका डान्सबार मध्यरातसम्म खुला हुने

कास्की । पोखरामा लगाइएको निषेधाज्ञा पुर्ण रुपमा हटेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले साढे ४ महिना लामो निषेधाज्ञा बुधबारबाट हटाएको छ। प्रशासनले स्वास्थ्य मापदण्ड पालना गर्दै बन्द रहेका व्यापार व्यवसाय सञ्चालन गर्न समेत अनुमति दिएको छ।

कोरोनाको जोखिमका कारण दुईवर्षदेखि बन्द रहेका रात्रिकालिन व्यवसाय पनि असोज १ गतेदेखि सञ्चालन गर्न पाउने प्रशासनले जारी गरेको सूचनामा भनिएको छ । राती साढे ११ बजेसम्म होटल तथा रेस्टुरेण्टहरु स्वास्थ्य मापदण्ड अपनाएर खोल्न दिइने भएको हो ।

त्यसबाहेक नाचघर, दोहोरी साँझ जस्ता रात्रिकालिन व्यवसायहरु पनि स्वास्थ्य मापदण्ड अपनाएर रातिको साढे एक बजेसम्म सञ्चालनमा आउने भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *