समाचार

कांग्रेसद्वारा काठमाडौंसहित ७ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौंसहित थप ७ जिल्लाको क्रियाशिल सदस्यताकोे विवरण सार्वजनिक गरेको छ ।

कांग्रेसले गठन गरेको निर्वाचन समितिका अनुसार आज थप सात जिल्लाको सदस्यता विवरण सार्वजनिक भएको हो । कांग्रेसले विवाद रहेका ७ वटा जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गरेर निर्वाचन समितिलाई दिएपछि विवरण सार्वजनिक भएको हो ।

योसँगै कांग्रेसले ६४ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गरेको छ । कांग्रेसले काठमाडौं, काभ्रे, कपिलवस्तु, बाजुरा, मोरङ, सिन्धुपाल्चोक र बर्दियाको क्रियाशील सदस्यको सूची निर्वाचन समितिलाई बुझाएको छ ।

क्रियाशील सदस्यता विवाद समाधान भएको काठमाडौंसहितका जिल्लामा असोज ५ गते वडा अधिवेशन शुरु हुनेछ । अझैपनि १३ वटा जिल्लाको विवाद समाधान हुन भने बाँकी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *