संसद

शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं।राष्ट्रिय सभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । बुधबार बसेको राष्ट्रिय सभा बैठकले पहिलो संविधानसभाका सदस्य मानबहादुर महतोको निधनप्रति शोक प्रस्थाव पारित गरेको हो ।

बुधबारको बैठकको शोक प्रस्तावबाहेकका विषयलाई कार्यसूचीबाट हटाइएको थियो । शोक प्रस्ताव पारित गर्दै बुधबारको बैठक ५ असोज २०७८ सम्मका लागि स्थगित गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *