राजनीति

एमालेको रक्षाका लागि जस्तोसुकै त्याग गर्न तयार छु : भीम रावल

धनगढी । नेकपा (एमाले)का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश समन्वय कमिटी संयोजक डा.भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।

मंगलबार धनगढीस्थित एमाले पार्टी कार्यालयमा कार्यकर्तासँग छलफल गर्दै राववले व्यक्तिभन्दा पार्टी महत्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताए ।

तर, कसैले पाखा लगाउन खाजेको खण्डमा भने त्यसको परिणाम राम्रो नहुने उनको चेतावनी छ । ‘एमाले बचाउनका लागि म मात्र हैन सबै कार्यकर्ता त्याग गर्न तयार हुनुपर्दछ‘, रावलले भने, ‘तर त्यागलाई कमजोरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ, त्यो ठुलो गल्ति हुने छ ।’

उनले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गरे । यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिए । उनले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अत्रतत्र गएको बताए । लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा रहँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभलानमा परेका बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *