काठमाडौं । एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा नेपालको एकदिवसीय वरीयतामा एक स्थान सुधार भएको हो ।
एकदिवसीय वरीयतामा नेपाल १५ औं स्थानमा उक्लिएको छ । एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेका छन् ।




