विश्व

अफगानी अन्तरिम प्रधानमन्त्री अखुंदको पछिल्लो तस्बीर सार्बजनिक

काठमाडौँ । अफगानिस्तानमा तालिबान सरकारका अन्तरिम प्रधानमन्त्री मुल्ला हसन अखुंदको पछिल्लो तस्बीर सार्बजनिक भएको छ ।

कतारको दोहोमा रहेको तालिबानको कार्यालयका प्रवक्ता डा. मोहमद नइमले अखुंदको पछिल्लो तस्वीर सामाजिक सञ्जालबाट सार्बजनिक गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा इस्लामिक अमीरात अफगानिस्तानक प्रधानमन्त्री अखुंद भन्दै तस्वीर सार्बजनिक गरेका छन् । अखुंदको पछिल्लो धेरै बर्षसम्म कुनै तस्बीर सार्बजनिक भएको थिएन ।

यस अघि उनको १९९९ मा अफगानिस्तानको विदेशमन्त्रीको रुपमा पाकिस्तानको भ्रमणमा गएको तस्वीर सार्बजनिक भएको थियो । त्यति बेला उनले पाकिस्तानक तत्कालिन प्रधानमन्त्री नवाज शरीफसँग भेट गरेका थिए । अखुंदको सो मात्र पछिल्लो तस्बीर सार्बजनिक भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *