समाचार

कुशल भुर्तेलले बनाए अर्घसतक, साझेदारीमा समेत किर्तिमान

काठमाडौं । एकदिवसीय क्रिकेटको ओपनिङमा नेपालका लागि सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान आशिफ शेख र कुशल भुर्तेलले बनाएका छन् ।

विश्वकप क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा भुर्तेल र शेखले ६१ रनको साझेदारी किर्तिमान कायम गरेका हुन् । उनीहरुले यसअघि ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले कायम गरेको ६१ रनको साझेदारी तोडेका हुन् ।

त्यस्तै अहिले जारी गरेको खेलमा नेपालका कुशल भुर्तेलले अमेरिकाविरुद्ध अर्धशतक बनाएका छन् ।

२ सय ३१ रनको लक्ष्यसहित जवाफी व्याटिङका लागि मैदान प्रवेश गरेका ओपनर भुर्तेलले ६७ बलमा २ चौका र १ छक्का हान्दै अर्घसतक बनाएका हुन् ।

जारी खेलमा आशिफ शेख २३ रन बनाएर आउट भए भने कप्तान ज्ञानेन्द्र मल्ल १७ रन बनाएर पभेलियन फर्किए। अहिले क्रिजमा भुर्तेल र रोहितकुमार पौडेल छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *