खेलकुद

नेपालको दोस्रो विकेट पतन, कप्तान ज्ञानेन्द्र मल्ल १७ रनमा आउट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो खेलमा जवाफी व्याटिङ शुरु गरेको नेपालले दोस्रो विधेटक गुमाएको छ ।

दोस्रो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका हुन् । उनले १ बल खेल्दै एक चौका र एक छक्काको मद्दतमा १७ रन बनाएर आउट भएका हुन् । यसअघि ओपनर आशिफ शेख २ रन बनाएर आउट भएका थिए ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्यसहित नेपालले जवाफी व्याटिङ गरिरहेको छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *