काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिला ब्याटिङ रोजेपछि बलिङको निम्तो पाएको नेपालको लागि दोस्रो सफलता मिलेको छ । नेपालका स्पिनर सन्दीप लामिछानेले एक ओभरमा विना रन विकेट लिन सफल भएका हुन् । सन्दीपले सुशान्त मोदानीलाई १६ रनमा एलबीडब्ल्यू धरापमा पारेका हुन् । यसअघि नेपालका बलर बिक्रम शोवले अमेरिकाका स्टेभेन टेलरलाई १४ रनमा कुशल भूर्तेलबाट क्याच आउट गराएका थिए ।
हाल ११ ओभरको खेल सकिँदासम्म अमेरिकाले २ विकेटको पतनमा ५२ रन जोडेको छ ।




