विश्व

गुजरातको मुख्यमन्त्री बने भुपेन्द्र पटेल

काठमाडौँ । भारतको गुजरात राज्यका मुख्यमन्त्रीमा भुपेन्द्र पटेल नियुक्त भएका छन् । पटेलले आजै मुख्यमन्त्रीको शपथ लिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।योसँगै उनी गुजरातको १७औं मुख्यमन्त्री बनेका छन् ।

सत्तारुढ दल भारतीय जनता पार्टीले करिब डेढ बर्श्पाची हुने विधान सभालाई मध्यनजर राख्दै गुजरातमा मुख्यमन्त्री बदलेको हो ।

निवर्तमान मुख्यमन्त्री विजय रुपाणीले शनिबार राजीनामा दिएका थिए ।

गुजरातमा निर्णायक मानिएकोपाटीदार समुदायमा काँग्रेस पार्टीले पकड बनाउदै लागेपछि बिजेपीले रणनीतिक रुपमा सोहि समुदायको मुख्यमन्त्री बनाएको विश्लेषण गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *