खेलकुद

अमेरिकाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौँ । नेपालले आजदेखि आइसीसी सीडब्लुसी लिग-२ अन्तर्गतको त्रिकोणीय सिरिज खेल्दै छ ।

ओमानमा हुने यस सिरिजको पहिलो खेलमा नेपालले आज अमेरिकाको सामना गर्दै छ ।

यस खेलमा अमेरिकाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । अमेरिकाले ब्याटिंग रोजेसंगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

यस अघि नेपालले पपुवा न्युगिनीविरुद्ध खेलेका दुवै खेलमा जित हासिल गरेर उच्च मनोबलका लागि सीडब्लुसी लिग-२ को यो सिरिज खेल्दै छ ।

खेलको प्रत्यक्ष प्रशारण डिश होमको एक्शन स्पोर्ट्सले गर्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *