काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा क्षेत्रीय प्रतिनिधि चयन भएकी छन् ।
डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–१ को वडा अधिवेशनबाट नेत्री आरजु सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएकी हुन् ।
डडेल्धुरामा क्रियाशील सदस्यता विवादबीच वडा अधिवेशन भएको छ । क्रियाशील सदस्यको सूचीमा देउवापुत्र जयवीर सिंह देउवाको नाम समेत रहेको छ । तर क्षेत्रीय प्रतिनिधि हुने चर्चाबीच उनले उम्मेदवारी नै दिएनन् ।
सभापतिपुत्र जयवीरसिंह क्रियाशील सदस्य भएपनि उम्मेदवारी नपरेको स्थानीय कांग्रेस नेता तथा वडाध्यक्ष चेतराम भट्टले जानकारी दिए । वडाबाट आरजुसहित १८ जनालाई क्षेत्रीय प्रतिनिधि पठाइएको छ ।




