संसद

राष्ट्रिय सभा बैठकः एमालेको अवरोध कायमै, एउटा विधेयक पेश गरेर बैठक स्थगित

काठमाडौं ।नेकपा एमालेले राष्ट्रिय सभाको बैठक सोमबार पनि अवरुद्ध गरेको छ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन भूमिका खेलेको भन्दै राष्ट्रिय सभा पनि अवरुद्ध गर्नुपरेको एमालेले जनाएको छ।

एमालेले पार्टी अध्यक्ष केपी ओलीले केही दलहरूको आग्रहमा ४० केन्द्रीय सदस्य र ४० प्रतिशत संसद् हुनुपर्ने त्यतिबेला ‘र’ को ठाउँमा ‘वा’ भन्ने अध्यादेश ल्याउँदा बिरोध गर्नेहरू आज २० प्रतिशत त्यो पनि केन्द्रीय सदस्य वा सांसद हुने भन्ने अध्यादेश ल्याएर एमाले फूटाएको र त्यसमा काहिँ न कतै सभामुखको हात रहेकाले आफूले बाध्य भएर संसद अवरुद्ध गर्नुपरेको एमालेले बतायो।

तथापि राष्ट्रिय सभाका अध्यक्षले भने बैठक अघि बढाए। उनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको लोकसेवा आयोग विधेयक २०७५ को प्रतिवेदन सभा समक्ष पेश गर्न आदेश दिए।

सांसद ठगेन्द्र प्रकाश पुरीले उक्त विधेयक पेश गर्दासमेत एमालेले विरोध जनाइरहेपछि अध्यक्षले १५ मिनेटसम्मका लागि बैठक स्थगित गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *