विराटनगर।नेकपा (एकीकृत समाजवादी)को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन्। सोमबार बसेको संसदीय दलको बैठकले राईलाई नेता चयन गरेको हो।
बैठकले भीमप्रसाद आचार्य नेतृत्वको प्रदेश सरकारलाई समर्थन नरहेको निर्णयको जानकारी आजै प्रदेशसभा सचिवालयलाई दिने तयारी रहेको एकीकृत समाजवादीका सांसद उपेन्द्र घिमिरेले जानकारी दिए।
‘आजको बैठकबाट हामीलले राजेन्द्रजीलाई दलको नेता चयन गरेका छौं‚’ उनले भने, ‘आज प्रदेशसभामा त्यसको र सरकारलाई समर्थन नरहेको जानकारीसहितको पत्र पठाउने छौं।’
प्रदेश १ मा एकीकृत समाजवादीको १० जना सांसद छन्।




