राजनीति

नेपाली काँग्रेस डडेलधुराद्वारा वडा अधिवेशन अस्वीकार

डडेलधुरा । नेपाली काँग्रेस डडेलधुराले एकपक्षीय रुपमा गरिएको वडा अधिवेशन अस्वीकार गरेको छ ।

डडेलधुरा काँग्रेसले पत्रकार सम्मेलन गर्दै एकपक्षीय रुपमा गरिएको अधिवेशन अवैधानिकसमेत रहेको भन्दै अस्वीकार गरेको हो ।

यस्तै सबै वडा इकाई समितिहरुलाई यथावत् रुपमा पार्टीका नियमित कामकाज गर्न पनि सूचित गरिएको छ । जिल्लाबाट सर्वसम्मत पठाइएका सदस्यहरु मध्ये ४ सय ६० जनाको नाम काटिएको र ३ सय १२ जनाको प्रक्रिया नपुर्याइ थपिएको बताइएको छ ।

वास्तविक सदस्य, स्थानीय निर्वाचनमा उम्मेदवार बनेका, विभिन्न तहमा पार्टीको जिम्मेवारी लिएकाहरुको नाम समेत केन्द्रले हटाएको डडेलधुरा काँग्रेसका सभापति कर्णबहादुर मल्लले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *