विश्व

बङ्गलादेशका चर्चित कार्टूनिस्ट तथा पत्रकारमाथि इन्टरनेट कानून उल्लङ्घनको अभियोग दर्ता

ढाका । उच्च–प्रोफाइलका स्वीडेनस्थित कार्टूनिस्ट र पत्रकारसहितका सात जनालाई बङ्गलादेशको इन्टरनेट कानुन उल्लङ्घन गरेको आरोप लगाइएको छ । आलोचकहरूले विपक्षी व्यक्तिहरूविरुद्ध प्रयोग भइरहेको बताएका छन् ।

बङ्गलादेशको राजधानी ढाकाको एउटा अदालतले कार्टूनिस्ट अहमद कबीर किशोर र अधिकारकर्मी तथा पत्रकार तास्नीम खालिलविरुद्ध डिजिटल सुरक्षा अधिनियम अन्तर्गत प्रहरीले लगाएको औपचारिक अभियोग स्वीकार गरेको कुरा अभियोक्ता नजरुल इस्लाम शामिमले बताए ।

ती मानिसहरूलाई आपत्तिजनक र झूटो जानकारी प्रकाशित गर्ने, बदनाम गर्ने र जानाजानी अशान्ति वा गोलमाल सृजना गर्ने डिजिटल सामग्रीहरू प्रकाशित गरेको अभियोग लगाइएको छ । अभियोग पुष्टि भएमा सबै जनाले १० वर्षसम्म जेल सजाय भोग्नुपर्ने कानूनी प्राबधान रहेको शमीमले बताए । आइतबार नै ‘अदालतले चार जनालाई पक्राउ गर्ने आदेश’ पनि जारी गरेको छ ।”

एम्नेस्टी इन्टरनेशनललगायतका अधिकार समूहहरूको भनाइअनुसार यो कानून एक करोड ६९ लाख जनसङ्ख्या रहेको यस मुलुकमा सरकारका आलोचकहरूलाई मौन पार्न र धम्काउन प्रयोग भइरहेको छ ।

उक्त कानूनका कारण ४५ जना किशोरले आफू ‘अन्यायको सिकार’ भएको बताए ।

अभियोग दर्ता भएपछि वरिष्ठ कार्टूनिस्टले फोनमार्फत प्रतिक्रिया दिँदै भने, “चित्र कोर्नु अपराध होइन ।”

एम्नेस्टीले जुलाईको रिपोर्टमा बताएअनुसार बङ्गलादेशमा त्यस महिनासम्म इन्टरनेट कानून अन्तर्गत कम्तीमा ४३३ जनालाई थुनामा राखिएको थियो ।

अधिकांशलाई अनलाइन झूटो र आपत्तिजनक जानकारी प्रकाशित गरेको आरोपमा राखिएको अन्तर्राष्ट्रिय अधिकार समूहले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *