विश्व

उत्तर कोरियाद्वारा लामो दूरीको मिसाइल परीक्षण

काठमाडौं । उत्तर कोरियाले लामो दूरी तय गर्न सक्ने मिसाइलको परीक्षण गरेको छ ।

उत्तर कोरियाको सरकारी मिडियाले शनिबार र आइतबार दुईवटा नयाँ प्रकारका लामो दूरीका क्रुज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको दाबी गरेका छन् ।

यी मिसाइलले १५०० किलोमिटर टाढाको दूरी तय गर्न सक्ने बताइएको छ ।

उत्तर कोरियाले पछिल्लो पटक गएको जनवरीमा क्रुज मिसाइलकोको परीक्षण गरेको थियो जतिबेला जो बाइडनले अमेरिकाको राष्ट्रपति पदको शपथ लिएका थिए ।

ब्यालेस्टिक मिसाइल र परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *