समाचार

पाल्पामा गठन भयो नेकपा एकिृकत समाजवादी पार्टीको जिल्ला कमिटि

पाल्पा । माधवकुमार नेपालन नेतृत्वको नेकपा एकीकृत समाजवादीको पाल्पा जिल्ला कमिटि गठन भएको छ । १२५ सदस्यीय पाल्पा जिल्ला कमिटिको अध्यक्षमा खिमानन्दप्रसाद पाण्डेय रहेका छन् ।

पाल्पा जिल्ला उपाध्यक्षमा लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्ती, सचिवमा मोहनलाल गैरे र उपसचिवमा कमल सेन रहेका छन् । ५० सदस्य पछि थप्ने गरी जिल्ला समिति गठन गरिएको जनाइएको छ ।

जिल्ला कमिटिको घोषणासभामा नेता तथा सांसद सोमप्रसाद पाण्डेले एमाले अध्यक्ष ओलीकै कारण एमाले विभाजन भएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *