काठमाडौँ । संघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सृजना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । बैठक सुरु हुने वितिक्कै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए ।
एमालेले कारवाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही नगर्नुको कारण माग गर्दै एमालेले संसद बैठक अवरूद्ध गर्दै आएको छ ।




