काठमाडौँ ।भारतको राजधानीमा शुक्रबारदेखि परेको मुसलधारे वर्षाको कारण नयाँ दिल्लीको विमानस्थल डुबेको छ । वर्षापछि नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल जलमग्न भएको छ ।
विमानस्थलको टर्मिनल ३ को तल्लो भाग सबै डुबेको छ । यात्रुले सामान राखेर गुडाउने ट्रली र पार्किङमा राखिएका सवारी साधन सबै विमानस्थलभित्र पसेको भेलमा डुबेका छन् । आज बिहान नयाँ दिल्ली विमानस्थलका धेरै वटा आन्तरिक र वाह्य उडान अवरुद्ध भएको थियो ।
नयाँ दिल्लीको सबै क्षेत्रमा परेको लगातारको वर्षाले जताततै डुबानको समस्या देखिएको हो ।




