काठमाडौँ । भारतको गुजरात राज्यका मुख्यमन्त्री विजय रुपाणीले राजीनामा दिएका छन् । शनिबार मुख्यमन्त्री रुपाणीले राज्यपाललाई भेटेर राजीनामा दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
गुजरातको विधानसभा निर्वाचनको १५ महिना अगाडी मुख्यमन्त्रीको राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
मुख्यमन्त्रीको राजीनामालाई चुनाव अगाडी भारतीय जनता पार्टीको रणनीतिक कदम भएको विश्लेषण गरिएको छ । रुपाणीको राजीनामा अघि गृहमन्त्री अमित शाह अहमदावाद पुगेर छलफल गरेको बताइएको छ ।
रुपाणीको राजीनामापछि नयाँ मुख्यमन्त्रीको दौडमा केन्द्रीय मन्त्री मनसुख मंडाविया, नितिन पटेल, सीआर पाटिल र पुरुषोत्तम रुपालाको नाम अगाडी आएको छ ।
रुपाणी २०१६ मा पहिलो पटक गुजरातको मुख्यमन्त्री बनेका थिए । त्यसपछि २०१७ को विधानसभा चुनावमा विजेपीले बहुमत हासिल गरेपछि रुपाणी दोस्रो पटक मुख्यमन्त्री बनेका थिए ।




