राजनीति

योगेशले भने – एमालेको प्रवक्ता प्रदीप ज्ञवाली नै हो

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले हाललाई पार्टी प्रवक्ता प्रदीप ज्ञवाली नै रहेको बताएका छन् ।

सर्वोच्चको फैसला अनुसार एमाले जेठ २ मा फर्किएको अवस्थामा प्रचार विभाग प्रमुख रहेका भट्टराईले शनिबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले पार्टी प्रवक्ता प्रदीप ज्ञवाली नै रहेको प्रष्ट पारे ।

भट्टराईले अहिलेको अवस्थामा आफू एमाले प्रचार विभाग प्रमुख र ज्ञवाली प्रवक्तामा यथावत रहेको पनि जानकारी दिए । भट्टराईले अबको बैठकबाट प्रवक्तामा ज्ञवालीलाई निरन्तरता दिने वा आफ्नोबारे निर्णय गर्न सक्ने उनले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *