राजनीति

एमाले बैठक आजै अपरान्ह ३ बजे बस्ने गरी स्थगित

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक शनिबार अपरान्ह ३ बजे फेरि बस्ने गरी स्थगित भएको छ । शनिबार बिहान ९ बजेदेखि बसेको बैठक अहिले खाना खानका लागि स्थगित गरिएको एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

‘बिहान ९ बजेदेखि बैठक बसेको थियो, अहिले खाना खानका लागि स्थगित गरिएको हो । अब आजै अपरान्ह ३ बजे फेरि बस्नेछ’, उनले भने ।

बिहान बसेको बैठकमा पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबारे छलफल भएको छ । यसबारे निर्णय लिन फेरि अपरान्ह ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *