विश्व

तालिबानको क्रुरता: पूर्व उपराष्ट्रपतिका भाईको हत्या

काठमाडौँ । अफगानिस्तानमा तालिबान सरकारमा आएपछि पनि क्रुरता कायम रहेको देखिएको छ । तालिबानले अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहका भाई रोहुल्लाह सालेहको हत्या गरेको छ ।

रोहुल्लाहलाई तालिबानले पंजशीरमा घाँटी रेटेर हत्या गरेको खुलासा भएको छ । तालिबानले रोहुल्लाहलाई निकै यातना पछि घटी रेटेर हत्या गरेपछि पनि गोली हानेको बताइएको छ । त्यसअघि उनलाई विजुलीको तारले हानिएको बताइएको छ ।

रोहुल्लाह पंजशीरबाट काबुल जाने तयारीमा रहेको र सो खबर पाउनासाथ तालिबानले उनलाई घेराबन्दी गरेको बताइएको छ । परिवारले तालिबानसँग रोहुल्लाहको शव माग्दा समेत दिन अस्विकार गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ । तालिबानले उनको शवलाई गाड्न पनि नदिने बताएको परिवारले जनाएको छ ।

पंजशीरमा तालिबानसंगको लडाइमा पूर्व उपराष्ट्रपति अमरुलाल्हले नेशनल रेजिस्टेन्स फोर्ससँग मिलेर लडेका थिए । तर उनले पंजशीर पनि छोडेर अफगानिस्तान बाहिर गएको अपुष्ट खबर बाहिर आएको थियो । तर उनले भने एक भिडियो संदेश जारी गर्दै आफु पंजशीरमै रहेको र ज्यान रहेसम्म यहि रहने बताएका थिए ।

यसैक्रममा उनको भाईलाई तालिबानले क्रुर तरिकाले हत्या गरेको छ ।

अहिले अफगानिस्तानमा आफ्नो विरोध गर्नेलाई तालिबानले खोजी खोजी मारिरहेको बताइएको छ । आफ्नो विरुद्ध समाचार प्रकाशित गर्ने दुई पत्रकारलाई समेत उनीहरुले कुटपिट गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *