समाचार

बाग्मती प्रदेशसभामा १३ जना सांसदले पाए नयाँ दलको सांसदको मान्यता

काठमाडौं । नेकपा एमाले छाडेर नेकपा एकिृकत समाजवादीतर्फ लागेका बाग्मती प्रदेशका १३ सांसदले नयाँ दलको सांसदको मान्यता पाएका छन् ।

निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका एमालेका १३ सांसदलाई नयाँ दलको सांसदका रुपमा मान्यता दिने निर्णय गरेको हो ।

बागमती प्रदेशसभाका तत्कालिन एमाले सांसदहरु राजेन्द्र पाण्डे, कृष्णप्रसाद खनाल, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ, मीना ज्ञवाली नेपाल र राजेन्द्रमान श्रेष्ठलाई नयाँ दलको सदस्यका रुपमा आयोगले मान्यता दिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *