काठमाडौं।राष्ट्रिय सभाको बैठकले संविधान सभा सदस्यद्वय जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
शुक्रबार बसेको बैठकले टुहुरे र शेरचनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । राष्ट्रिय सभाको अर्काे बैठक २८ भदौमा बस्नेछ ।




