काठमाडौं । डेब्यूट्यान्ट सबिता रानाले गरेको उत्कृष्ट गोलसँगै नेपाली राष्ट्रिय महिला टोलीले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा १–० को अग्रता लिएको छ ।
विमला चौधरीले दायाँतर्फबाट दिएको लामो पासलाई ६ यार्ड बक्स नजिकबाट हेडरमार्फत प्रहार गर्दै सबिताले उत्कृष्ट गोल गरिन् ।




