समाचार

संखुवासभा हत्याकाण्ड, मृतक सबैको अन्त्येष्टि

काठमाडौं । संखुवासभाको मादीमा भएको ६ जनाको हत्याकाण्डका मृतकहरुको अन्त्येष्टि गरिएको छ ।

मृतक ६ जनाको बुधबार इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा ६ जनाको अन्त्यष्टि गरिएको हो । ६ वटै शवको धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पोस्टमार्टमपछि बुढीगंगामा अन्त्यष्टि गरिएको हो ।

संखुवासभाको मादी नगरपालिका, खोलागाउँको उम्लिङमा सोमबार बिहान ५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव फेला परेको थियो ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *