काठमाडौं । कोरोना जोखिमका कारण बैशाखदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुल्ने भएको छ ।
गत वैशाख १० गतेदेखि दर्शनार्थीका लागि बन्द रहेको पशुपतिनाथ मन्दिर शुक्रबार खोल्न लागिएको हो । पशुपतिनाथ क्षेत्र विकास समितिले बिहिबार मन्दिरमा क्षमापूजा गर्ने र शुक्रबारदेखि मन्दिर खुल्ला राख्ने जनाएको छ ।
मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गर्ने र सबै दर्शनार्थीहरुले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने समितिले जनाएको छ ।




