संसद

राष्ट्रिय सभामा पनि एमालेको अवरोध, बैठक ३० मिनेटका लागि स्थगित

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभाको बैठकपनि अवरुद्ध गरेको छ । बैठक शुरु हुनासाथ एमाले सांसदहरुले प्रतिनिधि सभाका सभामुखको विरोध गरेर संसद बैठक अवरोध गरेका थिए ।

त्यसपछि एमाले सांसद खिमलाल भट्टराईले प्रतिनिधि सभाका सभामुखले एमाले फुटाउन सहयोगीको भूमिका खेलेको भन्दै यसमा राष्ट्रिय सभामा पनि आफुहरुले विरोध गरेको बताएका थिए ।

एमाले सांसदहरुले लगातार आफ्नो सिटमा उठेर विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्षले बैठक ३० मिनेटका लागि स्थगित गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *