काठमाडौं।सभामुख अग्निप्रसाद सापकोटा बोल्दाबोल्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गरेका छन् । एमाले सांसदहरूले नाराबाजी थालेका छन् ।
प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका छन् । एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै जवाफ मागेका एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।
एमालेको सांसदहरुको नाराबाजी भएपछि सभामुख सापकोटाले मर्यादा ननाघ्न चेतावनी दिएका थिए ।प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुई दर्जनभन्दा बढी अध्यादेश पेस गर्ने तयारी गरेको थियो ।




