राजनीति

एमाले संसदीय दलको बैठक बानेश्वरमा, आजकाे संसद् बैठकबारे रणनीति बन्दै

काठमाडौं । प्रमुख प्रतिक्षी नेकपा (एमाले) संसदीय दलको बैठक नयाँबानेश्वरमा सुरु भएको छ ।

संघीय संसदका दुबै सदनको नवौँ अधिवेशन आज बुधबार अपराह्न सुरु हुने भएपछि एमालेको बैठक सुरु भएको हो । आजको सदनमा १५ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ ।

एमाले प्रमुख विशाल भट्टराईका अनुसार संसदमा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने विषयमा केन्द्रित भएर छलफल भइरहेको छ । बैठकले आजकाे संसद बैठकबारे रणनीति तय गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *