संसद

अघिल्लो अधिवेशनमा कुनै विधेयक पेस नगरेका देउवालाई ३७ विधेयकका ‘विजेनस’

काठमाडौं । सर्वोच्च अदालतको परामादेशबाट प्रतिनिधिसभा पुनर्स्थापना भए पनि आठौँ अधिवेशनमा कुनै पनि विधेयक प्रस्तुत नगरी ‘विजनेस नदिएका’ शेरबहादुर देउवा नेतृत्वको सरकारसँग ३७ वटा विधेयकका चाङ छन् ।

संसद सचिवालयको अभिलेख अनुसार प्रतिनिधिसभाको आठौँ अधिवेशनमा कुनै पनि नयाँ विधेयक दर्ता नगरेको देउवा सरकारका लागि संसदलाई ‘विजेनस’दिन अघिल्ला अधिवेशनबाट बिभिन्न चरणमा आएका ३७ वटा विधेयक प्रतिक्षामा रहेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको संसद बैठकमा पेस गरिने सम्भावित कार्यसूचीमा कुनै पनि विधेयक राखेका छैन । बरू १५ वटा अध्यादेश पेस हुँदैछ ।

तर, संसदलाई विजेनस दिन सरकारसामु ३७ वटा विधेयक प्रतिक्षाका सूचीमा छन् ।कुनै पनि विधेयक पेस नगरी १० वटा बैठक मात्र सञ्चालन गरेर अन्त्य गरिएको आठौँ अधिवेशनमा ‘कारागार विधेयक, २०७६’ का सम्बन्धमा भने सम्बन्धित समितिबाट सभामा प्रतिवेदन पेस भएको थियो । सोबाहेक कुनै पनि विधेयकसम्बन्धी काम अघिल्लो अधिवेशनमा भएको थिएन ।

सो अधिवेशनमा १ सय ८२ जना सांसदले शून्य समयमा तथा ५८ जना सांसदले विशेष समयमा समसामयिक विषयमा धारणा राखेको संसद सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *