काठमाडौं । बागमती प्रदेशमा नेकपा एमालेका १३ जना सांसदले पार्टी छाडेका छन् ।
एमालेटबा निर्वाचित १३ जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेकपा एमालेबाट सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, मिना ज्ञवाली, कृष्ण खनाल, कुसुमकुमार कार्की, माधव पौडेल, रमा आले, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ र वसन्त मानन्धर नेकपा (एस) राजेका हुन् ।
१३ प्रदेश सांसदले नेकपा एकिकृत समाजवादी दल रोजेसँगै बाग्मती प्रदेश सरकार अल्पमतमा परेको छ । भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त भएकी अष्टलक्ष्मी शाक्य नेतृत्वकै सरकारमा मन्त्री रहेका सामाजिक विकास मन्त्री कृष्ण खनाल केही दिनमै समाजवादीतर्फ लागेका छन् ।




