राजनीति

रौतहटमा लोसपामा ८८ र एकीकृत समाजवादीमा ८४ जनप्रतिनिधिको सनाखत

रौतहट । रौतहटमा एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा ८४ जनप्रतिनिधिले सनाखत गरेका छन् । चन्द्रपुर नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित उपमेयर रामरती चौधरीसहित जिल्लाका ८४ जनाले एमाले छाडेका हुन् ।

यस्तै जिल्लामा राष्ट्रिय जनता पार्टी नेपाल छाडेर लोकतान्त्रिक समाजवादी पार्टीमा ८८ जनप्रतिनिधिले सनाखत गरेका छन् ।

मंगलबार अन्तिम दिनसम्म लोसपा ८८ जना र एकीकृत समाजवादीमा ८४ जनाले सनाखत गरेको जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले जानकारी दिए । जिल्लामा नेकपा एमालेबाट एक जना उपमेयरसहित एक सय पाँच जनाले विभिन्न पदमा चुनाव जितेका थिए । जस मध्ये ७ जनाको निधन भइसकेको छ ।

भदौ २ मा नेकपा एमाले विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल गठन भएपछि एमालेका जनप्रतिनिधिहरू दुई खेमामा विभाजन भएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *