सुदुरपश्चिम प्रदेश

सुदूरपश्चिममा दुई मन्त्रीले दिए राजीनामा

धनगडी।सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीले मंगलबार पदबाट राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका हुन् ।

दुवैजना एमालेबाट सरकारमा सहभागी भएका थिए । शाह एमाले संसदीय दलका नेतासमेत हुन् । माधवकुमार नेपाल समूहमा रहेका शाह र गहतराज एमालेमै रहेका छन् ।

तत्कालीन एमालेबाट दुई राज्यमन्त्रीसहित सातजना सरकारमा सहभागी थिए । तर, माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि दुईजनाले राजीनामा दिएका हुन् । पाँचजनाले नेकपा (एस) रोजेका छन् र उनीहरू सरकारमै रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *